sher_bahadur_deuba
Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस ललितपुरले शुक्रबार ललितपुरमा आयोजना गरेको जनसभामा बोल्दै उनले अहिले मुलुकमा लोकतन्त्रमाथि खतरा आएको भन्दै काग्रेस एकढिक्का भएर लोकतन्त्रको रक्षाका लागी अघि बढ्नुपर्ने धारणा राखे ।

सभापति देउवाले प्रेस लगाएत अन्य मानवअधिकारसम्बन्धी बिधेयकलाई जवरजस्ती अघि बढाउन खोजेको भन्दै यसलाई समयमा नै नरोके कडा आन्दोलन गर्ने भन्दै यसका लागी तयार रहन कार्यकर्तालाइ निर्देशन पनि दिए । त्यस्तै उनले अहिलेको अवस्थामा कांग्रेस एक भएर जनताको माझमा जानुको बिकल्प नभएको पनि बताए ।

Advertisement

सभापति देउवाले पार्टीको जागरण अभियानका क्रममा जनताको घरदैलोमा गई जनताको मन जित्ने काम गर्न पनि निर्देशन दिए ।

Advertisement