fbpx

प्रधानसेनापति भलिबल : गण्डकी प्रदेश फाइनलमा प्रवेश



नेपालबहस संवाददाता
 




 

काठमाडौं । गण्डकी प्रदेश चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा निकै रोमान्चक बनेको खेलमा गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ को सेटमा पराजित गर्यो ।

यो संगै गण्डकीले पहिलो पटक प्रधानसेनापति भलिबलको फाइनलमा स्थान बनाएको छ । अब गण्डकीले फाइनलमा साबिकको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।


सम्बन्धित समाचार