Advertisement

एजेन्सी । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रीपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ ।

गत मे ३० तारिखका दिन सपथ ग्रहण गरेका प्रधानमन्त्री मोदीले झण्डै दुई हप्तापछि मात्रै मन्त्रीपरिषद्को पहिलो बैठक बोलाइएको श्रोतले जनाएको छ । दोस्रो पटक प्रधानमन्त्री बनेका मोदी सपथ ग्रहणको भोलीपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत जिम्मेबारी तोकेका छन् ।

ती मन्त्रीलाई आगामी पाँच वर्षसम्म आफुले गर्ने प्रमुख कामको प्रारम्भीक योजना बनाउन निर्देशन दिएको हुनाले पनि पहिलो बैठक बस्न ढिला हुन गएको जनाइएको छ । पहिलो बैठकमा मोदी सरकारले पाँच वर्षे कार्यकालमा गर्ने मुख्य कामको बारेमा छलफल हुने श्रोतले जनाएको छ ।

Advertisement
Advertisement