विश्वकप क्रिकेट : बंगलादेशमाथि इंग्ल्याण्डको फराकिलो जित !
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १३:३४:१४
एजेन्सी । घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो जित निकालेको हो । कार्डिफमा इंग्ल्याण्डले दिएको ३८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर ५ बलमा अलआउट हुँदै २८० रनमा समेटियो ।
बंगलादेशका लागि शकिब अल हसनले १२१ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मुस्फिकर रहिमले ४४ रन जोड्दा महमद ममुदउल्लाहले २८ तथा मोसाडेक होसेनले २६ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न जोफ्रा आर्चर र बेन स्टोक्सले ३र३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।
यसअघि जेसन रोयको बिस्फोटक ब्याटिङमा इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि ओपनर रोयले १५३ रनको शतकीय इनिङ्स खेले ।
रोयले पहिलो विकेटका लागि ओपनर जोनी ब्रेस्ट्रोसंग १ सय २८ रनको साझेदारी गरेका थिए । जोनीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै जोस बट्लरले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोय रुटले २१ रन बनाए । त्यस्तै इयान मोर्गन ३५ तथा बेन स्टोक्स ६ रनमा आउट भए ।
बंगलादेशका मोहमद सइफुदिन र हसन मिराजले सार्वधिक समान २र२ विकेट लिए । जितसंगै इंग्ल्याण्डले ३ खेलमा ४ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा रहेको छ । बंगलादेशको यो दोस्रो हार हो । बंगलादेशले ३ खेलमा २ अंक जोडेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
उच्च अदालतले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार