प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १८:६:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन ‘आइएलओ’ को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन् । प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुँयालले जानकारी दिए।
जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ ।
स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्ने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्ने भएका छन् ।
बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उनका समकक्षी संयुक्त अधिराज्यका प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्दा हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार