देशैभर कहाँ के भयो ? [थाहा पाउनुस]
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार २०:४६:२०
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले शनिबार देशैभर भएका घटना दुर्घटनाहरु सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले मनि एक्सेन्जहरु र सुनचाँदी पसलमा हातहतियार देखाई लुटपाट गरेको अभियोगमा ४ जनालाई ईलाम तथा उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईलाम माइजोकमाई गाउँपालिका-६ का २४ वर्षीय धराने भन्ने नितेश तामाङ, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ का २३ वर्षीय मुन्द्रे भन्ने अजय घ्यावा तामाङ, काभ्रे चौरीदेउराली गाउँपालिका-३ का २३ वर्षीय बाहुन भन्ने रुपेश चौलागाई र मकवानपुर शिखरपानी गाउँपालिका-८ जिग्री भन्ने ठाउँका ३० वर्षीय जिग्री भन्ने भिमराज थिङ रहेका छन् ।
घटनास्थलबाट १ थान इटालियन अटोमेटिक पेस्तोल र सोको गोली ६ राउण्ड बरामद
उपत्यकाका बिभिन्न स्थानमा विभिन्न मितिमा मनि एक्सेन्जहरु र सुनचाँदी पसलमा समेत खुकुरी सहितका हातहतियार देखाई नगद लुटपाट गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ नारायणटारस्थित सडकबाट चोरी तथा लुटपाटका घटनामा संलग्न रही फरार रहेका बौद्ध नयाँबस्ती बस्ने ईलामका ३९ वर्षीय काका भन्ने छिरिङ तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्ने क्रममा भाग्ने प्रयास गरेपछि प्रहरीले खुट्टामा गोली प्रहार गरी तामाङलाई नियन्त्रणमा लिएको हो । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनास्थलबाट १ थान इटालियन अटोमेटिक पेस्तोल र सोको गोली ६ राउण्ड समेत प्रहरीले बरामद गरेको छ ।
साथै तामाङका साथी उदयपुर बेलटार नगरपालिका-४ घर भई हाल कोटेश्वर बस्ने २५ वर्षीय योगेन तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, काठमाडौं महानगरपालिका-७ रातोपुल डेरा गरी बस्ने ५८ वर्षीया शान्ता वान्तवा राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा नगद ११ हजार रुपैयाँ र ३ बुक तास सहित शान्ता समेत ५ जनालाई शुक्रबार साँझ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै,नागार्जुन नगरपालिका-४ खौपा टोल बस्ने दार्चुला लेकम गाउँपालिका-२ का ३८ वर्षीय देवसिहं ऐरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ करिब ७ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शिवशक्ति इँटाभट्टामा बस्ने मकवानपुरकी ६ वर्षीया बालिकालाई जबरजस्ती करणी
महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिंडडुल गरिरहेका ऐरीलाई उक्त पदार्थ सहित खौपा टोलमा फेला पारी पक्राउ गरेको हो ।
सर्लाही मलंगवा नगरपालिका-१० जिबिस चोकबाट हरिवन नगरपालिका-११ बस्ने २८ वर्षीय लालबाबु गुप्तालाई लागूऔषध नाइट्रोभेट १ सय ७७ ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले गुप्तालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता, ललितपुर महानगरपालिका-२९ हरिसिद्धीस्थित शिवशक्ति इँटाभट्टामा बस्ने मकवानपुरकी ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही इँटाभट्टामा काम गरी बस्ने उदयपुर गाईघाट-६ घर भएका २६ वर्षीय दिलिप कार्कीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बालिका खेलिरहेको अवस्थामा इँटाभट्टाभित्रको छाप्रोमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता, काभ्रेको तिमाल गाउँपालिका-७ ठाँटी टोल बस्ने ६८ वर्षीय पदम बहादुर नेपाली र ६६ वर्षीय ईन्द्र बहादुर नेपालीलाई २ थान भरूवा बन्दुक सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अवैध हातहतियार लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको घरमा तलासी गर्दा १र१ थान बन्दुक फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट स्याङ्जा आँधीखोला नगरपालिका-६ स्थायी वतन बताउने ४५ वर्षीय भिम बहादुर भाट क्षेत्रीलाई स्रोत खुलाउन नसकेको सुन र चाँदीको ढिक्का, भारतीय रुपैयाँ लगायतका समान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद रुपमा हिँडिरहेका क्षेत्रीलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको करिब २१ तोला ६२ लाल बराबरको सुनको ढिक्का १ थान, करिब १ केजी ९४ ग्राम बराबरको चाँदीको ढिक्का १ थान, करिब ५ तोलाको चाँदीको सिक्का ३ थान र विभिन्न दरका भारतीय रुपैयाँ २ लाख ६१ हजार ७ सय, ४ थान मोबाइल र बिभिन्न कम्पनीका घडी ६ थान सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बाँकेमा आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेको अभियोगमा जानकी गाउँपालिका-३ मानपुर बस्ने ५९ वर्षीय पन्चराम हरिजनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबादका कारण पन्चरामले आफ्नै श्रीमती ५० वर्षीया कप्तार हरिजनलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी भन्ने खवर प्राप्त हुनासाथै ईलाका प्रहरी कार्यालय खजुरा खुद्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइतेको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, काठमाडौं, सल्यान, बर्दिया, रौतहट, गुल्मी र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका.११ माइतीघर मण्डलामा बा.१७ च ४३८४ नम्बरको जिपमा बा.७२ प ९५७१ नम्बरको मोटरसाइकल शुक्रबार राति पछाडिबाट ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं बानेश्वर बस्ने २३ वर्षीय आयुषराज पाण्डेको नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार काठमाडौं नयाँबसपार्क बस्ने तेह्रथुम आठराई गाउँपालिका घर भएका २२ वर्षीय सन्तोष भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यान, त्रिवणी गाउँपालिका-३ ढुङ्गे बगरमा रा।१ त २२६९ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय केदार खड्काको घट्नास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय जीवन भण्डारी समेत २ जनालाई उपचारको लागि कान्तिपुर अस्पताल श्रीनगर लगिएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, गुलरिया नगरपालिका-९ डब्बास्थित सडकमा भे।१ त ५७५२ नम्बरको ट्याक्टरको ट्रली शुक्रबार राति पल्टँदा चोट लागेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ९ वर्षीया सुमन लोधको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १४ जनामध्ये ८ जनाको नर्सिङ होम नेपालगंजमा र ६ जनाको जिल्ला अस्पताल गुलरीयामा उपचार भइरहेको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
टेकनाथ घिमिरेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु
रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गको लच्का नजिकै ना.४ च ८३९४ नम्बरको पिकअप जिप शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ४२ वर्षीय बृजकिशोर साहलाई चन्द्रपुर अस्पताल हुँदै न्यूरो अस्पताल बीरगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । जिप नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
गुल्मी, रेसुङगा नगरपालिका-१३ भगेरीस्थित सडकमा लु.४ त २८४६ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट करिब २ सय मिटर तल खस्न गई दुर्घटना हुँदा चालक नवलपरासी सुनवल नगरपालिका बस्ने २१ वर्षीय अम्मर बहादुर कुमालको घटनास्थलमै मृत्यु भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-२ राम चोकमा को।१ च ६२१९ नम्बरको कारलाई को.११ प ६३३७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मे.१० प ५१९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका को।११ प ६३३७ नम्बरको मोटरसाइकलका चालक गौरादह नगरपालिका-५ बस्ने ३० वर्षीय टेकनाथ घिमिरेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ३ वटै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, उदयपुरको रौतामाई गाउँपालिका-४ बस्ने अमर दमैको कच्ची घरमा शनिबार बिहान आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार