Nepal-export-import
Advertisement

काठमाडौं । भन्सार विभागले हालै देशको वैदेशिक व्यापारको प्रथम दश महिनाको तथ्यांक प्रकाशित गरेको छ । उक्त तथ्यांकलाई हेर्दा मुलुकको व्यापारघाटा भीषण ओरालोतर्फ उन्मुख हुने क्रम चालु आर्थिक वर्षको प्रथम दश महिनामा पनि यथावत जारी रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को प्रथम दश महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटामा २०.६ प्रतिशतको भारी वृद्धि भएको छ । आयातमा भएको १९.९१ प्रतिशतको वृद्धिका कारण यो अवस्था सिर्जना भएको हो । समीक्षा अवधिमा निर्यातमा १७.८४ प्रतिशतको वृद्धि देखिएता पनि निर्यातको आकार नै आयातको तुलनामा अत्यन्त सानो भएको हुनाले कुल व्यापार घाटामा सुधार आउन नसकेको हो । देशभित्र औद्योगीकरणको राम्रो वातावरण बन्न नसक्नु, जग्गा जमीन बाँझो रहनु, श्रमिक शक्ति विदेशिनु र रेमिट्यान्सका कारण दैनिक उपभोग्य वस्तुहरुको माग बढ्दै जाँदा आयातमा भारी वृद्धिको अवस्था देखिएको हो ।

यही अवस्था कायम रहेमा यस वर्षको आयात करिब यस आर्थिक वर्षमा आयात रु. १४ खर्बभन्दा माथि जाने निश्चित छ भने निर्यात रु ९४ अर्बको हारहारीमा मात्र पुग्ने देखिन्छ । यसरी हेर्दा चालु आर्थिक वर्षको व्यापारघाटा मात्रै रु. १३ खर्ब भन्दा माथि पुग्ने सहजै अनुमान लगाउन सकिन्छ ।

Advertisement

Export-in-nepal

import-in-nepal

श्रोतः भन्सार विभाग

यी हुन सबैभन्दा बढी व्यापार हुने भन्सार विन्दूहरु

नेपालको वैदेशिक व्यापारमा निर्याततर्फ विराटनगर भन्सार कार्यालयले पहिलो स्थान ओगट्न सफल भएको छ । आयातमा पहिलो स्थान ओगट्न सफल भएको वीरगञ्ज भन्सार कार्यालय निर्यातमा भने तेश्रो स्थानमा रहन गएको छ । भारतीय नाकावन्दी ताकाको प्रभाव स्वरुप भैरहवा भन्सार कार्यालय आयात व्यापारमा दोश्रो ठूलो भन्सारका रुपमा देखा परेको छ ।

सुदूरपश्चिम प्रदेशमा अवस्थित कैलाली भन्सार कार्यालय आयातमा पुछारमा रहेको भने निर्यातमा पुछारको भन्दा एकस्थान अगाडि रहेको छ । समग्रमा हेर्दा भन्सार विन्दूका आधारमा मुलुकको आयात र निर्यात वीरगञ्ज , विराटनगर र त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल गरि तीनवटा भन्सारविन्दूमा केन्द्रित रहेको पाइन्छ ।

श्रोतः भन्सार विभाग

यी हुन सबैभन्दा बढी व्यापार हुने देशहरु

यता देशगत रुपमा हेर्दा भारत नेपालको आयात निर्यात दुवैमा करिब दुईतिहाई हिस्साको नजिकमा रहेको देखिन्छ । आयातमा १४ प्रतिशतको हिस्सासहित दोश्रो स्थान ओगटेको चीन निर्यातमा भने दुई प्रतिशत हिस्सासहित छैठौं स्थानमा रहेको छ । आयातमा दश स्थानमा रहेको संयुक्त राज्य अमेरिका निर्यातमा भने ११ प्रतिशत हिस्सासहित दोश्रो स्थानमा रहेको छ । निर्यातका प्रमुख गन्तव्यहरुमा एशियाली मुलुक भारत, चीन, बंगलादेश र जापान छन् भने अन्य मुलुकहरुमा सबै जसो पश्चिमी मुलुकहरुको बाुहल्यता रहेको छ ।

श्रोतः भन्सार विभाग

Advertisement