Advertisement

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई भारतले १ अर्ब ६० करोड रुपैयाँ प्रदान गरेको छ ।  भारत सरकारले नेपालमा पुनर्निर्माणको काम समयमै सम्पन्न गर्न पूर्वप्रतिबद्धताअनुसार रकम हस्तान्तरण गरेको हो ।

सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा.युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरे ।

उक्त रकम नुवाकोट र गोरखामा निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने जनाइएको छ । यसअघि पनि भारतले नेपालको पुननिर्माणका लागी रु २ अवए १० करोड रुपैया प्रदान गरेको थियो ।

Advertisement
Advertisement