fbpx

ओली सरकारले संविधानको मर्म बिपरित बिभिन्न बिधेयक ल्यायो



नेपालबहस संवाददाता
 




काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारले संविधानको मर्म बिपरित बिभिन्न बिधेयक ल्याएको बताएका छन् ।

सोमबार संसद भवन नया बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले विरोधी संविधान ल्याएर सरकार गलत दिशातर्फ गइरहेको आभास भएको बताएका हुन् । उनले जनताले माइतिघरमा गरको विरोधमा भएको दमनको विरोध गरे । उनले मानवअधिकारको मान्यता विपरित सरकारले दमनको नीति लिएको भन्दै भत्र्सना गरे ।

त्यस्तै सोही पार्टीका सांसद राजेन्द्र श्रेष्ठले माइतिघरमा भएको दमनको सरकारले माफी माग्नुपर्ने बताए । उनले गुठी व्यवस्थापनको बिषयलाइ अल्मलाउने गरि सरकारले गुठी सम्बन्धी बिधेयक ल्याउन खोजेको आरोप लगाए ।


सम्बन्धित समाचार