fbpx

वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा



नेपालबहस संवाददाता
 




काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको रहेको बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बजेट छलफलका क्रममा सांसदहरु उठाएका प्रश्नको जवाफ दिदै उनले संघीयता कार्यान्वयन बलियो ढंगले अघि बढ्ने भन्दै वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले उच्च आर्थिक बृद्धिदरमा जाने आधार आगामी आर्थिक बर्षको बजेट महत्वपूर्ण हुने धारणा राखे । बजेटमा प्रदेशबीच असन्तुलन भयो की भन्ने प्रश्नमा उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मापदण्ड अनुसार नै प्रदेशमा बजेट बाडफाड गरिएको जानकारी दिए ।

उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिए । उनले क्षेत्रगत आधारमा भन्दा नीतिगत, कार्यगत र योजनागत आधारमा बजेट विनियोजन हुने स्पष्ट पारे । उनले दुई नंबर प्रदेशमा बजेट कम भयो भन्ने प्रश्नमा सवै भन्दा धेरै आयोजना प्रदेश दुईमा नै रहेको बताए ।

उहाले कृषि क्षेत्रलाई पनि बजेटमा धेरै महत्वपूर्ण कार्यक्रम समेटीएको धारणा राखे कृषिसंग सम्बनधीत अन्य क्षेत्रमा प्राथमिकताका आधारमा बजेट बिनियोजन गरिएको उनको भनाई छ ।


सम्बन्धित समाचार