fbpx

राजा र आन्दोलनकारीबीच सम्झौता भएपछि [LIVE]



नेपालबहस संवाददाता
 




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को दोस्रो चरणको मेची–महाकाली स्वाभिमान यात्रा आज समापन हुँदै छ । शुक्रबार मुस्ताङको मुक्तिनाथ मन्दिरबाट सुरु भएको यात्रा म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, लमजुङ हुँदै आज २७ गते सोमबार गोरखा पुगेर समापन हुने राप्रपाले जनाएको छ ।

दोस्रो चरणको यात्रामा २० वटा सभा हुने र सबै सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  अध्यक्ष थापा, जनसंघर्ष समितिका संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेताहरू बिहीबार नै जोमसोम पुगिसकेका छन् ।

शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा धार्मिक अनुष्ठान गरी राप्रपाको यात्रा सुरु हुनेछ । यसअघि राप्रपाले पहिलो चरणमा ताप्लेजुङबाट कञ्चनपुर हुँदै काठमाडौंसम्म ३६ जिल्लाको यात्रा गरेको थियो ।

मुक्तिनाथ- गोरखा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन समारोह गोरखा : भिडियो


सम्बन्धित समाचार