Advertisement

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका विपक्षी दलका नेता तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री मोदीको औपचारिक भ्रमणका क्रममा उनीहरुबीच आइतबार भेटवार्ता भएको अधिकारीहरुले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री मोदीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग दुई पक्षीय चासोका ’boutमा छलफल गरेको थियो ।भेटवार्तापछि मोदीले राष्ट्रपतिको कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेको सिरिसेनाको सचिवालयले जनाएको छ ।

राष्ट्रपति सिरिसेना विमस्टेक सदस्य राष्ट्रहरूको एक नेता पनि हुनुहुन्छ भने उनी केही दिन अगाडि भएको मोदीको सपथग्रहण समारोहमा सहभागी पनि भएका थिए ।मोदीले प्रधानमन्त्रीकारूपमा दोस्रो कार्यकालका लागि सपथग्रहण गर्दा विमस्टेकका सदस्य राष्ट्रहरूलाई मात्रै आमन्त्रण गरेका थिए ।

Advertisement

उनको सपथग्रहण समारोह गत मे ३० तारिखका दिन भएको थियो । सपथग्रहणपछि पहिलो विदेश भ्रमणको रुपमा उहाँ माल्दिभ्स हुँदै श्रीलङ्का पुगेका थिए ।

Advertisement