नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म पुग्ने
इन्द्र रिजाल
जेठ २८, २०७६ मंगलबार १२:४८:५०
काठमाडौं । अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिए।
नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।” उक्त बैठक जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा बसेको थियो ।
नेपाल–भारत रेलसेवा सम्झौताको म्याद सम्झौताको धारा १.४ अनुसार स्वतः पाँच वर्षका लागि नवीकरण भएको जानकारी समेत सचिव अधिकारीले जानकारी दिए ।
बैठकमाबारे जानकारी दिँदै सचिव अधिकारीले तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतका धाम्रा र मुन्द्रा पोर्ट नेपाल–भारत पारवहन सन्धिमा थप भएको बताए। नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेलसेवा सम्झौतामा समेत ती पोर्टहरु थप गर्ने सहमति भएको जानकारी उनले दिए । त्यसैगरी, रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेलवे लाइन विस्तार गर्नका लागि समेत भारत सहमत भएको हो ।
उनका अनुसार, पारवहन सन्धिमा सहमति भएसँगै विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने र विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था÷इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि उक्त रुटहरुमा कार्गो ढुवानी गर्न पाउने गरी नेपाल–भारत रेल सेवा सम्झौतामा थप गरिने सहमति भएको हो ।
त्यसैगरी, नेपाल–भारत रेल सेवा सम्झौतामा संशोधनका लागि नेपालका तर्फबाट १८ अप्रिल २०१८ मा प्रस्ताव गरिएको ‘लेटर अफ एक्सचेञ्ज’ सहित बैठकमा छलफल भएका विषयहरु समेत समेटी पारवहन र ढुवानी सहज बनाउन नेपालका तर्फबाट ‘लेटर अफ एक्सचेञ्ज’ को मस्यौदा पठाउने र उक्त मस्यौदा चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्न भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको जानकारी समेत सचिव अधिकारीले दिए ।
भारतीय रेल मन्त्रालयबाट प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकहरुलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई अनुमति दिने सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भारतीय पक्षले सहमति जनाएको हो ।
त्यसैगरी, नेपाली बैङ्किङ च्यानलमार्फत रेल भाडा ढुवानी गर्ने, डिटेन्सन÷ड्युमरेज दस्तुर न्यून गर्ने, आधिकारिक कार्गो रेल सञ्चालकको दायित्व किटान गर्ने विषयमा छलफल भई उक्त विषयहरु समाधान हुने विषयमा भारतीय पक्षद्वारा आश्वस्त पारिएको जानकारी उनले दिए ।
तेस्रो मुलुकसँग आयात÷निर्यात गर्नका लागि नेपाल र भारतका सुख्खा बन्दरगाहबीच रेलमार्फत ढुवानी गर्न नेपाली पक्षले गरेको प्रस्तावमा नेपाल–भारत पारवहन सन्धिमा आवश्यक संशोधन भएमा रेल सेवा सम्झौतामा यस्तो प्रावधान राख्न भारतीय पक्ष सहमत भएको हो ।
रेल सेवा सम्झौताको चौथो बैठक ६ महिनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुई पक्षको अनुकूलतामा कूटनीतिक माध्यमबाट तय गरिने सहमति भएको जानकारी सचिव अधिकारीले दिए ।
बैठकमा नेपाली वार्ता टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय वार्ता टोलीको नेतृत्व भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन
बैशाख ९, २०८१ आइतबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार