Advertisement

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मंगलबार राति पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Advertisement

यसैबिच,आज र भोली देशको मध्य तथा पुर्वी क्षेत्र र पर्सी पश्चिमी क्षेत्रका स-साना खोलानालामा वर्षा भैराख्दा आकस्मिक बहाबको संभावना रहेपनि प्रमुख तथा मझौला नदीहरु ‘कन्काई,कोसी,कमला,बागमती,नारायणी,पश्चिमराप्ती,बबई,कर्णाली,महाकाली’ मा भने आगामी ३ दिन नै कुनै बाढी जोखिम नहुने विभागले जानकारी दिएको छ ।

Advertisement