Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गुठी व्यवस्थापनको नाममा सरकारले ल्याएको विधेयक नेपालको मौलिक धर्म,संस्कृति र परम्परा नष्टगर्ने उद्देश्यबाट अभिप्रेरित रहेको बताएका छन् ।

गुठी व्यवस्थापनको नाममा सरकारले ल्याएको विधेयक नेपालको मौलिक धर्म,संस्कृति र परम्परा नष्टगर्ने उद्देश्यबाट अभिप्रेरित रहेको छ।विधेयक संविधानको भावना विरुद्ध छ। विधेयक तत्काल फिर्ता गरियोस्। गुठी विधेयकको बिरुद्ध हुने संघर्षमा राजनीति भन्दा माथि उठेर एकजुट हुन सबैमा आह्वान गर्दछु

Advertisement

उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘विधेयक संविधानको भावनाविरुद्ध छ । विधेयक तत्काल फिर्ता गरियोस् ।’उनले गुठी विधेयकको विरुद्ध हुने संघर्षमा राजनीतिभन्दा माथि उठेर एकजुट हुन सबैमा आह्वानसमेत गरेका छन् ।

गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरोकारवाला गुठियारसँग छलफल नगरी ल्याइएपछि विवादित बनेको छ ।

सरकारले सरकारी तथा सार्वजनिक गुठी जग्गा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन नकुरी विधेयक ल्याइएको थियो । दुई साताअघि मात्रै विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा आयोग गठन भएको थियो ।

Advertisement