fbpx

एनसीसी बैंकले भाटभटेनी र ह्याम्स अस्पतालसँग गर्यो सम्झौता



नेपालबहस संवाददाता
 



ncc-bhatbhatani

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । एनसीसी बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको प्रवक्ता बन्दना पाठकले जानकारी दिइन् ।

यसैबीच, एनसीसी बैंकले ह्याम्स अस्पतालसँग सम्झौता गरेको छ । बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आर. एस भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरूले ह्याम्स अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

 


सम्बन्धित समाचार