fbpx

लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्नु पर्दैन : लालबाबु पण्डित



नेपालबहस संवाददाता
 




काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्नु पर्ने कुनै आधार नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले लोक सेवा आयोगले निकालेको विज्ञापन संविधान र ऐनसम्बत् नै रहेको कुरामा सरकार दृढसंकल्पित रहेको समेत बताए । उनले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती दिए ।

उनले समितिमा आफुहरुको कुरै नसुनी पहिलै तयार गरिएको निर्णय सुनाईएको आरोप पनि लगाए । मन्त्री पण्डितले आयोगले सार्वजनिक गरेको बिज्ञापनमा कुनै दुविधा देखिए त्यसको निरुपण स्वयं आयोगले गर्ने र त्यसबाट पनि हल नभए अदालतले उचित निर्णय दिने स्पष्ट पारे । त्यस्तै उनले कर्मचारीको उचित व्यवस्थापन, सरुवा र वढुवामा सरकार गम्भीर भएको बताए ।

समितिले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि परीक्षाका लागि आवेदन दिइसकेका करिव ८० हजार युवा मर्कामा परेको मन्त्री पण्डितले बताए ।


सम्बन्धित समाचार