fbpx

सलाम एयरको रक्तदान कार्यक्रम सम्पन्न



नेपालबहस संवाददाता
 



Ime logo

काठमाडौं । सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै सलाम एयरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइएमई ट्राभल्स जि.एस.ए भई गत सेप्टेम्बरदेखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरेका थिए । दुर्लभ रक्त समुह भएका भोला सापकोटा पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए ।

रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुनुहुने सबै जनालाई अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेका थिए । सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्रभल्स सलाम एयरको नेपाल जीएसए हो । मध्यपूर्वी एशियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहाने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई लक्षित गरि सलाम एयरले आइएमई ट्रभल्सको सहकार्यमा हवाई सेवा संचालनमा ल्याएको आइएमई ग्रुपका मिडिया तथा जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जानकारी दिए ।


सम्बन्धित समाचार