मरिसससँग मंगलबार श्रम समझदारी पत्रमा हस्ताक्षर
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १२:२१:४५
काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीच मंगलबार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तराष्ट्रिय श्रम संगठन ‘आइएलओ’को शत वार्षिकीका समारोहका अवसरमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यस्ता छन् विशेषताः
१. दुवै मुलुक पारदर्शिता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनोट र परिचालनको सिद्धान्तप्रति प्रतिबद्ध रहेको।
२. कामदारको छनोट तथा भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवम् लागत रोजगारदाताले नै बेहोर्नुपर्ने।
३. दुवै देश कामदारलाई नाजायज तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवम् नियन्त्रण गर्न प्रतिबद्ध रहेको।
४. सबै प्रकारको अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखनजस्ता जघन्य अपराध नियन्त्रण गर्न दुवै देश सहमत भएका।
५. रोजगारदाताको कमीकमजोरीका कारण वा प्रतिष्ठान बन्द भई कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने
६. नेपाली श्रमिकलाई मरिससका नागरिकको न्यूनतम ज्यालाभन्दा कम नहुने गरी तलब सुविधा उपलब्ध गराउनुपर्ने
७. कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न नपाइने मान्यतालाई स्थापित गरिएको।
८. मरिससका रोजगारदाता र नेपालका रोजगार व्यवसायीबीचको प्रत्यक्ष समन्वयमा कामदारलाई पठाउने व्यवस्था गरिएको।
९. महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपाय सुनिश्चित गर्नुपर्ने, तलब सुविधा समयमै भुक्तानी गर्ने व्यवस्था सुनिश्चित गर्न मरिसस सरकारको तर्फबाट नियमित अनुगमन हुनुपर्ने।
१०. विप्रेषणलाई विना रोकटोक पठाउन पाउने व्यवस्था सुनिश्चित गरिएको।
११. न्यायिक उपचारका लागि वकिल राख्ने र आवश्यक अनुवाद गर्न लाग्ने लागतसहित निःशुल्क कानुनी उपचारको हक स्थापित गरिएको।
१२. विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा अस्थायी रोजगारीका लागि भिसा आवेदन गर्ने पाउने।
१३. कामदारको परिवार नजिकका नातेदारको मृत्यु भएमा वा यस्तै आकस्मिक अवस्था आइपरेमा विशेष बिदा लिन सक्ने व्यवस्था रहेको।
१४. मरिससको कानुन अनुसार कामदारको दुर्घटना बीमा एवम् उपचार दुवैको व्यवस्था रहेको।
१५. राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता।
१६. हरेक वर्षको सेवा अवधिका लागि एक महिना बराबरको उपदान व्यवस्था रहेको।
१७. कार्य अवधि समाप्त गरी नेपाल फर्किँदा रोजगारीको प्रमाणपत्र दिने व्यवस्था गरिएको।
१८. नेपाली कामदार मरिससको विमानस्थल पुगेको ६ घण्टाभित्रै रोजगारदाता वा निजको प्रतिनिधिले कार्यस्थलमा लिएर जानुपर्ने व्यवस्था।
१९. कामदारको मृत्यु हुन पुगेको अवस्थामा शव छिटो साधनद्वारा नेपालमा ल्याउन वा परिवारको सहमतिमा मरिससमै अन्तिम संस्कार गर्न लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऋण काढेर विदेश गएका १९ नेपाली युएईमा अलपत्र
चैत २, २०८० शुक्रबार
रुसी सेनामा भर्ना भएका तनहुँका ८ जना सम्पर्कविहिन
फागुन २८, २०८० सोमबार
सञ्चय कोषले माग्यो कर्मचारी
फागुन ११, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार