Advertisement

काठमाडौं । मुलुकका अधिकांश स्थानमा बुधबार पनि मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी र मध्य भूभागहरूमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

यस्तै देशभर बुधबार राति पनि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच, नेपाल बाढी सूचनाले आज देशको पूर्वी र मध्य क्षेत्रमा मध्यम सम्म वर्षा हुने संभावनाले प्रदेश १, २ र ३ का केही स-साना खोलानालाहरु उल्लेख्य बढ्न सक्ने बताएको छ । ठुला नदी नालाहरुमा भने आगामी तीन दिन ठुलो बहाबको संभावना नरहेको बताइएको छ ।

Advertisement