अब तीन घण्टामै अछामबाट पर्यटकीयस्थल खप्तड !
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १७:७:५०
अछाम । पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ । साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट तीन घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो ।
साँफेबगर नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पदमार्ग निर्माण भएसँगै अछामबाट खप्तड जानेका लागि यात्रा छोटिएको छ ।
उनिसैनदेखि गणेश मन्दिरसम्मको पैदलमार्ग निर्माण भएसँगै अछामबाट जाने अन्य सबै रुटभन्दा छिटो खप्तड पुगिने स्थानीय हर्क रावलले बताए । बाटो निर्माण हुनुपूर्व अप्ठेरो बाटो पाँच÷छ घण्टा लाग्ने भए पनि अब दुई घण्टामै खप्तड पुग्न सकिने रावलको भनाइ छ ।
उनिसैन पर्यटकीय सेवा केन्द्रका सञ्चालक भीम रावलले पैदलमार्ग निर्माण भएसँगै पर्यटक पनि बढ्दै गएको बताए। बाटो निर्माण हुनु पहिले महीनामा १५-२० मात्र हिँड्ने गरेकामा पछिल्लो समय दैनिक २० जनासम्म पर्यटक खप्तड जाने गरेको उनको भनाइ छ ।
नगरपालिकाको सहयोगमा निर्माण भएको पदमार्गको स्थलगत निरीक्षण गर्दै साँफेबगर नगर उपप्रमुख विर्मला बुडथापाले पर्यटकलाई सहजरूपमा खप्तडसम्म पु¥याउने उद्देश्यले यो कार्य गरिएको बताए । “अछामबाट खप्तड घुम्न जानका लागि सात किलोमिटर हिँड्न सजिलो हुनेगरी पदमार्ग बनाएका छौँ, खप्तड घुम्न आउनेहरूका लागि हामी निमन्त्रणा गर्न चाहन्छौँ” नगर उपप्रमुख बुडथापाले भने ।
यस्तै नगरबाटै रु पाँच लाखको सहयोगमा वडा नं १२ स्थित खप्तडको उनिसैनमा घरबास पनि सञ्चालनमा ल्याइएको छ । अब साँफेबगर हँुदै खप्तडको उनिसैन पुगेर घरबासको आनन्द लिई दुई घण्टामै खप्तड पुगेर रमाउन सकिने साँफेबगर नगर कार्यपालिका सदस्य शङ्कर भुलले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढ्यो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार