goli-pastol-nepal-police
Advertisement

काठमाडौं । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले नेपाल बहसलाई जानकारी दिए। थापाको बायाँ खुट्टामा गोली लागेको छ। लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरीमाथि नै आक्रमण प्रयास भएपछि गोली हानेर पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली चलेपछि केही कारोबारीहरू भागेको प्रहरीले जनाएको छ। थापा समूहको खोजीमा प्रहरी जुटेको छ।

लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिएका छन् ।

Advertisement

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement