अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १९:५४:२३
अल्जियर्स । अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो ।सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक मिटर प्राकृतिक ग्यास बिक्री गर्नेछ ।
अल्जेरिया र पोर्चुलबीच सन् १९९४ मा साझेदारी सम्झौता भएको थियो । यो सम्झौता हरेक १० वर्षमा नवीकरण हुने गर्दछ । सम्झौतापछि जारी विज्ञप्तिमा पोर्चुगलका निम्ति अल्जेरिया नै सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता मुलुक हुने जनाइएको छ ।
गत मे १६ मा सोनाट्राकले इटालीको विशाल ग्यास कम्पनी इएनआईलाई ग्यास आपूर्ति गर्नेसम्बन्धी दश वर्षे सम्झौता गरेको थियो ।
अल्जेरियाले वार्षिक करिब एक खर्ब ३० अर्ब क्युबिक मिटर ग्यास उत्पादन गर्दछ । उक्त ग्यासमध्ये करिब ५० अर्ब क्युबिक मिटर ग्यास विदेशमा निर्यात हुने गरेको छ ।
तेलको धनी मुलुक अल्जेरियाले युरोपेली मुलुकमा आवश्यक ग्यासमध्ये करिब १४ प्रतिशत हिस्सा ओगटेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार