fbpx

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण, दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी



नेपालबहस संवाददाता
 




एजेन्सी । संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवाई आक्रमण गरेको छ । सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ ।

दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका वादी रबिइ शहरमा भएको सरकारी सुुरक्षा अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थलनजिकै भएको दुई वटा हवाई आक्रमण अप्रिलको शुरुबाट नै त्रिपोली शहर कब्जा गर्दै आएका खलिफा हफ्तार नेतृत्वको सैनिक अभियान विरुद्ध भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ का अनुसार केही समययता जारी झडपमा परी ६ सय ५३ व्यक्तिको मृत्यु हुनुको साथै ३ हजार ५४७ घाइते भएका छन् ।


सम्बन्धित समाचार