fbpx

आज नेपालमा चक्रवाती तूफान वायुको प्रभाव, विभिन्न स्थानमा वर्षा



नेपालबहस संवाददाता
 




काठमाडौं । भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव आज बिहीबार नेपालमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने जानकारी दिइन् । तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने उनले बताइन् ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ ।

यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिइन् ।


सम्बन्धित समाचार