Advertisement

काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिबिसी वल्ड सर्भिसमा बुधबार अन्तरवार्ता दिएका छन् ।प्रधानमन्त्री ओलीकाे अन्तरवार्ता बिबिसीमा आउदा सबैले सुरुमा नेपाल र बेलायतको दुई देशीय सम्बन्धका आयामहरु’bout अन्तरवार्ता आउछ भन्ने अनुमान गरेका थिए तर, अन्तरवार्तामा प्रधानमन्त्री ओली नेपालको सरकार प्रमुख भन्दा पनि पर्यटन मन्त्रालयको कर्मचारी जसरी प्रस्तुत भएका छन् ।

बिबिसी वल्ड सर्भिसमा प्रधानमन्त्रीको अन्तरवार्ता साढे ९ मिनेट मात्रै प्रसारण भयो । त्यसमा बेलायत भ्रमण’bout कुनै प्रश्न गरिएकाे छ । नेपालका टेलिभिजनमा लामो अन्तरवार्ता दिने बानी परेका प्रधानमन्त्री ओलीलाई अन्तरवार्ताकारले धेरै बोल्नै दिएनन् । प्रश्नहरु सोध्नुभन्दा बढी अन्तरवार्ताकारले नै जवाफ दिएजस्तो भान हुन्थ्यो ।

Advertisement

अन्तरवार्तामा सगरमाथामा ट्राफिक जाम भएको, सरकारी अधिकारीहरु पैसा खाएर घरैमा बसेको र आरोहीहरु मरेको आरोप लगाइयो । नेपालको प्रशासनको नियतमाथि प्रश्न उठाइयो । जवाफ दिने क्रममा प्रधानमन्त्री ओली ‘डिफेन्सिभ’ रुपमा प्रस्तुत भए ।

सगरमाथापछि अन्तरवार्ताकारले बीआरआईको प्रशंग कोट्याउँदै नेपालमा चीन हाबी भएको र श्रीलंका जस्तै नेपाल पनि ऋणमा डुब्न लागेको आशंका प्रकट गरेका छन् ।

हेर्नुस अन्तरवार्ता :

Advertisement