धनुषाधाम नगरपालिकालाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट
इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १५:४०:५५
धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका कार्यालयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको छ । गरपालिकको वडा नम्बर ३ स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुर्याएको छ । धनुषाधाम प्रहरीका अनुसार गए राति ९ः३० बजेको समयमा बिस्फोट भएको हुन सक्ने अनुमान लगाइएको छ ।
प्रहरी निरीक्षक हिरण यादवले भने, ‘हामी राति गस्तीमा भएको बेला विस्फोट वारे जानकारी पाए तर गएर हेर्दा रातिको समयमा केही बूझिएन आज विहान प्रहरी टोली जाँदा नगरपालिकको प्रयोग विहीन हलमा ह्वांग परेको र प्रेसर कुकरको बम विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाइएको छ ।’
बम कसले किन पडकायो त्यो यकिन हुन नसके पनि निरीक्षक यादवले भने, हाम्रो अनुमान विप्लवमाथि छ । विप्लव समूहले विस्फोट गराएको हुन सक्छ तर जिम्मा अहिलेसम्म कसैले न लिएको यादवले भने ।
बम विस्फोटमा कुनै किसिमको मानवीय क्षति नभएको र अवस्था समान्य रहेको प्रहरी निरिक्षक यादवले जानकारी दिएका छन । घटनास्थलमा अहिले थप अनुसन्धान कार्य अगाडि बढाएको यादवले सञ्चाकर्मीलाई जानकारी दिएका छन । बम विस्फोट भएको स्थान भन्दा झन्डै डेढ़ सय मीटर पर प्रहरी चौकी रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार