fbpx

एक सय ३५ स्थानमा जनता बैंक, एकै दिन खुल्यो ६ वटा शाखा



नेपालबहस संवाददाता
 



janata-bank-branch-opeaning

काठमाडौं । देशको ग्रामिण तहसम्म बैंकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको जनता बैंक नेपाल लिमिटेडले आज एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको उद्घाटन गरेको छ । अन्य शाखाहरुबाट झैँ ति शाखाहरुबाट पनि सहज, सरल र अधुनिक बैंकिङ सेवा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको छ । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरेका थिए । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राखेका थिए ।

यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले गरेका थिए ।

नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

यसैबीच तनहुँको डुमेमा शाखा उद्घाटनसँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

यससँगै जनता बैंकको शाखा संजाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको छ । यससँगै बैंकले ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु¥याउदै आइरहेको छ ।


सम्बन्धित समाचार