fbpx

विश्वकप क्रिकेट : आज न्युजिल्याण्ड र भारतबीच प्रतिस्पर्धा गर्दै



नेपालबहस संवाददाता
 




एजेन्सी । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज ‘बिहीबार’ एक खेल हुँदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे न्युजिल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

जारी प्रतियोगितामा दुवै टोली अपराजित छन् । न्युजिल्याण्ड ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यसअघि भएको तीनै खेलमा जित हात पारेको न्युजिल्याण्ड आज भारतसँग पनि जितको रणनीति बनाउँदै अपराजित यात्रा कायम गर्न चाहन्छ ।

 यता भारत पनि तेस्रो जितको खोजिमा छ । यसअघि आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई र दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको थियो ।

सम्बन्धित समाचार

Get Connected With Us
Follow us on Twitter