monsoon
Advertisement

काठमाडौं । नेपाली कांग्रेसको जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।’

यसरी पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता,कार्यकर्ता रहेको उनले बताए । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए ।

Advertisement

उनका अनुसार, जागरण अभियान’bout असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।

Advertisement