Amitabh-Bachchan
Advertisement

एजेन्सी । बलिउडका वरिष्ठ कलाकार अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् ।

अमिताभले आफ्नो ब्लगमार्फत् यस’bout जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण तिरिएको छ । तीमध्ये केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट यो हस्तान्तरण गरिएको छ ।’

अमिताभले आफ्नो ब्लगमा यो पनि लेखे, ‘अझै अर्को एउटा वचन पूरा गर्नु छ । पुलवामा हमलामा जुन बहादुरले देशका लागि ज्यान गुमाए उनीहरुको परिवार र श्रीमतीलाई आर्थिक रुपमा सहयोग गर्नुछ, सच्चा शहीद ।’

Advertisement
Advertisement