Advertisement

एजेन्सी । विश्वकप क्रिकेटमा गएराति ‘बिहिबार’ हुने भनिएको भारत र न्युजिल्याण्डको खेल रद्व भएको छ । निरन्तरको बर्षाले दुई टोलीबीचको खेल रद्व भएको हो । खेल रद्व भएपछि दुवै टिमले अंक बाँडेका छन् ।

दुवै टिम नटिङगमा भिड्ने तय थियो । बर्षाका कारण रद्व हुने यो चौथो खेल बनेको छ । बर्षा हुने र रोकिने क्रम निरन्तर चलेपछि खेल रद्व भएको घोषणा गरिएको हो ।

भारतले तीन खेलबाट ५ अंक जोडेको छ । भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको न्युजिल्याडले चार खेलबाट ७ अंक जोडेको छ । विश्वकप अघि खेलिएको म्याचमा न्युजिल्याण्डले भारतलाई हराएको थियो ।

Advertisement
Advertisement