कांग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १३:२१:३६
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि बिहीबार साझ डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गरेका छन् ।
डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।
डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी ‘डिआइपिडी’को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित नेता डा मीनेन्द्र रिजाल, चित्रलेखा यादव र विनोद भट्टराई त्यसतर्फ लागेका हुन् ।
प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीहरूलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ ।
डिआइपिडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको दलहरूको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।
प्रजातन्त्र मेलामा सहभागीपछि उपसभापति निधिसहितका नेताहरू विश्वभर छरिएर रहेका नेपाली काँग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुने भएका छन् । विभिन्न ३३ देशका महाधिवेशन प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम डेनमार्कमै हुनेछ ।
कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र यसको नेपालमा पर्ने प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादमा युरोप अनुभव विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार