fbpx

आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षा !

पहाडी क्षेत्रका स-साना नदीहरुमा बहाब बढ्ने



नेपालबहस संवाददाता
 




काठमाडौं । देशका अधिकांश स्थानमा शुक्रबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले शुक्रबार बिहान एक सुचना जारी गर्दै आज, भोली र पर्सी देशको खासगरी पूर्वी क्षेत्रमा मौसम बदली सहित वर्षा हुने अनुमान गरेको छ ।

यसैबिच, महाशाखाले प्रदेश १ को चुरे तथा पहाडी क्षेत्रका स-साना नदीहरुमा बहाब बढ्न सक्ने हुंदा तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामी तीन दिन देशका ठुला तथा मझौला नदीहरुमा भने कुनै ठुलो बहाबको संभावना देखिदैन विभागले उक्त सुचनामा उल्लेख गरेको छ ।


सम्बन्धित समाचार