garima-bikas-logo
Advertisement

कास्की । गरिमा विकास बैंक लिमिटेडले बूधबार पोखरा महानगरपालिका वार्ड नं. २५ मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्तरुपमा उद्घाटन गरेको कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेलले गरिमा विकास बैंकले सामाजिक सेवालाई बढावा दिएकोमा बधाई समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिना, विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष रमा त्रिपाठी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन हेम्जा शाखाका शाखा प्रबन्धक शंकरराज सापकोटाले गरेका थिए ।

Advertisement

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले २०७६ जेष्ठ २८ गतेसम्ममा रु.३० अर्ब ५५ करोड निक्षेप संकलन गरी रु.२७ अर्ब ४० करोड कर्जा लगानी गरेको सञ्चालक समितिका सदस्य स्याम बस्यालले जानकारी दिएका छन् ।

Advertisement