Advertisement

बाजुरा । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल यति बेला जिल्लाको कार्यक्रमहरुमा व्यस्त रहेका छन् ।

बिहीबार साझ नेकपाका केन्द्रीय सदस्य एवम् राजनीतिक विश्लेषक बिष्णु रिजालसँग टेलिफोन वार्ता गर्दै रावलले म ‘डोटीमा छु कमरेड, ९ जिल्लाकै जिल्ला कमिटी सदस्यहरूको शपथ सकाएर मात्रै काठमाडौं फर्कन्छु भने लगतै शुक्रबार बाजुरामा कार्यकताहरुलाई शपथ ग्रहण गराएका छन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ जिल्ला कमिटी बाजुराले शुक्रबार मार्तडीमा आयोजना गरेको शपथ ग्रहणमा जिल्ला कमिटी सदस्यहरु शपथ गराउदै मन वचनले काम गर्न सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आग्रह गरेका छन् ।

नेकपा जिल्ला कमिटी बाजुराले शुक्रबार मार्तडीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह लगायतका नेताले मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुस:

नेकपाका स्थायी कमिटी सदस्य भीम रावल के गर्दै छन् डोटीमा ?

Advertisement