fbpx

 अबैध लागुऔषध ब्राउनसुगर सहित ४ ‍जना पक्राउ ।



नेपालबहस संवाददाता
 



hatkadi

काठमाण्डौँ ।  महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध ब्राउनसुगर सहित ४ ‍जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हिजो राती ८ः३० बजे नेपालगंजबाट काठमाण्डौ आउदै गरेको ना.६ ख.२९४१ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा नेपालगंज उपमहानगरपालिका-६ का रबिन थापा र सोही उपमहानगरपालिका वडा न.१३ का बिबेक बस्नेतलाई अबैध लागुऔषध ब्राउनसुगर ३२.६५ ग्राम सहित पक्राउ गरेको छ ।

सोही घटनामा संलग्न बानेश्वर बस्ने नेपालगंजकै शशांक मल्ल र बिसाल रंजितलाई काठमाण्डौ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ


सम्बन्धित समाचार