कुमारी बैंक
Advertisement

काठमाडौं । कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप राणा चयन भएका छन् । आज जेठ ३१ गते बोलाइएको विशेष साधारण सभाबाट चार जना संचालक निर्वाचित भएलगत्तै बसेको बैंक संचालक समितिको बैठकले राणालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

निर्वाचित हुनेमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने अमिरप्रताप राणा र कृष्णप्रसाद ज्ञवाली साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेशप्रसाद पोखरेल र श्रीमति अनुराधा चौधरी निर्विरोध निर्वाचित भएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेशप्रसाद पाठकसहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमान अध्यक्ष सन्तोषकुमार लामा तथा निवर्तमान संस्थापकहरुले स्वागत गरेका थिए । यसअघिका संचालक डा. शोभाकान्त ढकाल र निर्वतमान अध्यक्ष सन्तोष लामाको समुह पु्रै बाहिरिएको छ ।

Advertisement
Advertisement