china-nepal
Advertisement

काठमाडौं । देशको परम्परागत कला संस्कृतिलाई जोगाउनका लागि चीनमा दुई हजार विद्यालय छनौट गरिएको छ । शिक्षा मन्त्रालयतले शुक्रबार दिएको जानकारी अनुसार ती विद्यालयहरूमा कला संस्कृतिको संरक्षणका लागि विभिन्न क्रियाकलापहरु गरिनेछ ।

मन्त्रालयले त्यसका लागि मातहतका निकायलाई सार्वजनिक रुपमै निर्देशन समेत जारी गरेको अधिकारीहरूले जनाएका छन् । छनौट भएका विद्यालयहरुले चीनका परम्परागत लोक सङ्गीत, कला, नृत्य, गीतिनाटक, हस्तलिपि, शिल्प र खेलहरू सिकाउनु पर्नेभएको छ ।

शिक्षा र परम्परागत कला संस्कृतिलाई सँगसगै अगाडि बढाउने गरी विद्यालयहरुको छनौट गरिएको हो । उनीहरूले निश्चित निर्देशिकाका आधारमा काम गर्नेछन् ।

Advertisement

तर नेपालमा भने भएको संस्कृती पनि मास्ने गरी सरकारले गुठी विधेयक ल्याएको छ । आम नागरिक र सत्तापक्षकै विरोधकाबीच केपी ओली नेतृत्वको सरकार अगाडि बढेको छ ।

चिनियाँ राष्ट्रपति ताजकिस्तान भ्रमणमा
चिनियाँ राष्ट्रपति सि जिनफिङ शुक्रबार ताजकिस्तान पुगेका छन् । ‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उनी ताजकिस्तान पुगेका अधिकारीहरूले जनाएका छन् ।

दुई देशको आपसी सम्वन्ध बलियो बनाउदै रणनीतिक साझेदारीको लागि विश्वासका साथ अगाडि बढ्ने राष्ट्रपति चिन फिङ्ले बताएका छन् ।

मध्य एसियाका देशहरुका लागि चीन अहिले सवैभन्दा ठूलो लगानीकर्ता र मुख्य साझेदार हुदै गएको छ । चिन फिङले बेल्ट एण्ड रोड कोअपरेसनको मध्यमबाट रणनीतिक र दीर्घकालिन समृृद्धि हासिल गर्न सकिने सुझाव पनि दिएका छन् । ऐजेन्सीको सहयोगमा

Advertisement