मन्त्री अर्याल समस्या बुझन् घरदैलोमा
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार १७:१:१८
स्याङ्जा । गत बिहिवार ३० गते देखि भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल जनताको समस्या बुझदै घरदैलोमा छिन् । आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा क्षेत्र नम्वर २ का जनताको समस्या बुझ्ने अभियानको थालनी गरेकी मन्त्री अर्यालले सबै भन्दा पहिला आफ्नो जन्मथलो वालिङ नगरपालिकाबाट घरदैलो अभियानको शुरुवात गरेकी छन् ।
कृषि पर्यटकीय मात्रै नभएर प्यारागलाईडिङको समेत प्रचुर सम्भावना रहेको, वालिङ नगरपालिकाको दृश्याअवलोकन गर्न सकिने भ्यूप्वाईन्टको रुपमा रहेको मन्साङ्कोटलाई पर्यटनको हब बनाउन सके यहाँका जनताको आर्थिक समृद्धि फेरिने अध्यक्ष काफ्लेले मन्त्री अर्याललाई बिस्तृत चित्रण सुनाए । दुईदिन देखि जनताको घरदैलोमा व्यस्त रहेकी मन्त्री अर्यालले मन्साङ्कोटबासीलाई खानेपानी समस्या समाधान गर्न अर्थमन्त्रालयबाट १ करोडको बजेट विनियोजन भएको जानकारी दिईन्
मन्त्री अर्याल ३१ गते वालिङ नगरपालिका १ स्थित कृषिको पकेट क्षेत्र मन्साङ्कोट पुगेर जनताको समस्या बुझेकी छन् । खानेपानीबाट बन्चित रहेका मन्साङ्कोटवासी आकाशे पानीको भरमा रहदै आएका थिए । मन्त्री अर्यालको गृहवडा भित्र खानेपानीको समस्यामा रहेका मन्साङ्कोटवासीको पहिलो प्रथामिकता खानेपानी माग थियो । वालिङ नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का अध्यक्ष केदार काफ्लेसहित जनप्रतिनिधि लिएर मन्साङ्कोट पुगेकी मन्त्री अर्यालले जनताबाट शिक्षा, स्वास्थय, खानेपानी, सडक, रोजगार अवस्था लगायतका विषयमा जनतासगँ चासो राखेकी थिइन् ।
वडा नम्वर १ का अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्लेले वडाको समस्याका बारेमा विषय प्रस्तुत गरेका थिए । वडामा सबै भन्दा बढी खानेपानीको समस्या रहेको भन्दै मन्त्री अर्याललाई खानेपानी, सडकमा बजेट विनियोजन गर्न काफ्लेले आग्रह गरेका थिए । १४ वडा मध्ये अत्यन्तै सम्भावना बोकेको वाड हो वडा नम्वर १ । अध्यक्ष काफ्लेले भने,“मन्त्रीकै गृहवडा भएकाले डीपीआर बनाएर विकास गर्नु आवश्यक छ ।” यसका लागि सबै वडावासीले पनि सहयोगको भावनाले अगाडी बढांै काफ्लेले भने । मन्साङ्कोट लिफटीङ् खानेपानी योजनाका अध्यक्ष लिलाबल्लभ काफ्लेले कृषिको पकेट मानिएपनि खानेपानीका कारण यहाँका जनता आक्रान्त परेको दुखेसो मन्त्री अर्याललाई सुनाए ।
कृषि पर्यटकीय मात्रै नभएर प्यारागलाईडिङको समेत प्रचुर सम्भावना रहेको, वालिङ नगरपालिकाको दृश्याअवलोकन गर्न सकिने भ्यूप्वाईन्टको रुपमा रहेको मन्साङ्कोटलाई पर्यटनको हब बनाउन सके यहाँका जनताको आर्थिक समृद्धि फेरिने अध्यक्ष काफ्लेले मन्त्री अर्याललाई बिस्तृत चित्रण सुनाए । दुईदिन देखि जनताको घरदैलोमा व्यस्त रहेकी मन्त्री अर्यालले मन्साङ्कोटबासीलाई खानेपानी समस्या समाधान गर्न अर्थमन्त्रालयबाट १ करोडको बजेट विनियोजन भएको जानकारी दिईन् । सरकार एक घर एक धारा अभियानमा लागेको छ मन्त्री अर्यालले भनिन्,“पैसा नभएर खानेपानी अभाव हुदैन, ढुक्क भएर काम गर्नुहोस ।” पानीको मुल नै नभए सोच्ने बिषय हुनेछ नत्र पैसा विना खानेपानी खानबाट बन्चित हुन पर्दैन मन्त्री अर्यालले भनिन् । मैले देशभरीका जनताको समस्या बुझनु पर्ने मन्त्री भएपनि प्रथामिकतामा वालिङ नगरपालिकालाई एक घर, एक खानेपानीका धारा उपलव्ध गराउने गरी अगाडी बढेको धारणा व्यक्त गरिन् ।
मन्त्री अर्यालले वालिङ नगरपालिका भित्र संचालन भएका योजनाको अनुगमन गर्दै जनताको धारणा र समस्या बुझ्ने अभियानलाई निरन्तरता दिने बताएकी छन् । कृषि, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाई, खेलुकद, सामुदायीक भवन जस्ता समस्यालाई प्रथामिकतामा राखेर काम गर्ने योजनासहित अगाडी बढेको मन्त्री अर्यालको भनाई थियो ।
मन्त्री अर्यालको आज शनिवार वालिङका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, समाजसेवी सबैसगँ अन्तरक्रिया कार्यक्रम रहेको बताइएको छ । समग्र स्याङ्जाको विकास र वालिङ नगरपालिकाको विकासमा अन्तरक्रियाले ठोस उपलव्धी हासिल गर्नेमा विश्वास गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार