दोहोरो करको मारमा एग्रोभेट व्यवसायी
इन्द्र रिजाल
असार १, २०७६ आइतबार २२:३९:११
रुकुमपश्चिम । एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएका छन् । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुले व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् ।
मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उनीहरुले अधिकांश व्यवसायीले फरकफरक निकायमा कर तिर्न जानुपर्दा झन्झटिलो र खर्चिलो भएको धारणा व्यक्त गरे ।
एग्रोभेट व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर बुढोथोकीले एग्रोभेट व्यवसायीले वार्षिकरुपमा आन्तरिक राजश्व कार्यालयमा दुई हजार ५००, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत विषादी समितिमा रु ५००, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतकै बीउबिजन समितिमा रु ५०० तिर्ने गरेको बताए।
त्यस्तै रासायनिक मल बिक्रीको अनुमतिका लागि कृषि ज्ञान केन्द्रमा ५००, घरेलु तथा साना उद्योग विकास समितिमा एक हजार, उद्योग वाणिज्य सङ्घमा ५००, औषधि व्यवस्था विभागमा दुई हजार ५००, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ५०० र गुणस्तर तथा नापतौल विभागमा ५०० कर तिरिरहेको उनको भनाइ छ ।
जिल्लाको मुसीकोट नगरपालिकाले पनि वार्षिक दुई हजार ५०० कर लिने निर्णय गरेको एग्रोभेट व्यवसायीले जनाएका छन् । सबैतिर गरेर वर्षमा ११ हजार ५०० कर तिर्नु परेको एग्रोभेट सञ्चालकको गुनासो छ । फरकफरक निकायमा कर तिर्नुपर्दा आफूहरु मारमा परेको एग्रोभेट व्यवसायी सङ्घका सदस्य नवराज केसीले बताए । आफूहरु राज्यलाई कर तिर्न तयार रहेको तर स्थानीय, प्रदेश र सङ्घीय सरकारअन्तर्गतका फरकफरक निकायमा कर तिर्नुपर्दा खर्चिलो र झण्झटिलो हुने गरेको उनको भनाइ छ । एकै ठाउँमा वार्षिक कर बुझाउने व्यवस्था भएमा आफूहरुलाई सहज हुने व्यवसायीले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार