इजरायली प्रधानमन्त्रीकी पत्नी सारालाई १५ हजार २७५ अमेरिकी डलर जरीवाना !
इन्द्र रिजाल
असार १, २०७६ सोमबार १:१९:२१
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली एक अदालतले ५५ हजार सेकल ‘इजरायली’इजरायली एक अदालत गर्न आइतबार आदेश दिएको छ । यो जरिवाना रकम १५ हजार २७५ अमेरिकी डलर बराबर हो ।
‘द जेरूसेलम मेजिस्टे«ट कार्ट’ ले सारा नेतन्याहुले मुद्दामा दावी गरिएजस्तो सम्पूर्ण रकम आफ्नो तर्फबाट दुरूपयोग नगरेको भन्दै जरिवाना रकममा पुनर्विचारका लागि अपिल गरेको र यसप्रति अदालतले सहमति दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
निवासमा खाना बनाउने मानिस नभएको भन्दै रेष्टुरेण्टबाट महङ्गो खानेकुरा मगाएर खाई सरकारी कोषको हिनाविना गरेको आभियोगमा उनलाई जरिवाना तोकिएको हो । प्रधानमन्त्री पत्नी ६० बर्षिया साराले छलपूर्ण तरिकाले सरकारको रकम हिनाविना गरेको र राज्यलाई विश्वासघात गरेको आरोप लागेको थियो ।
वकीलले दिएको जानकारीमा सारा आवासको नियमप्रति अनभिज्ञ रहेको र पाहुनाका लागि खाना उनको सहयोगीद्वारा मगाएको बताइएको छ । यो मुद्दाका कारण सर्वसाधारण जनताको चासो बढेको र दवावमा उनहरूप्रति छानविन भएको वकीलले बताएका छन् ।
प्रधानमन्त्री नेतन्याहुमाथि पनि केही भ्रष्टाचार आारोप लगाइदै आएको छ तर प्रधानमन्त्रीले आफूले कुनै भ्रष्टाचार नगरेको तर भ्रष्टाचारबारे आफूविरूद्धका अफवाह केही इजरायली सञ्चारमाध्यम तथा राजनीतिक प्रतिद्वन्द्वीले आफूलाई बदनाम गर्न रचिएका षड्यन्त्र मात्र भएका बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिनुका कारण के हो ?
बैशाख ५, २०८१ बुधबार
उत्तरी युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार