आज देशभर मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना !
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार १५:०:२६
काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभावका तथा पूर्वको सीमा क्षेत्रमा पूर्वी वायुको प्रभावका कारण मौसम बदली भएको हो। आज केही ठाउँमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने र अहिलेसम्म पनि त्यस्तो अवस्था नआएकाले ढिलाइ भएको हो । तर पूर्वबाट बिस्तारै पूर्वी वायुको प्रभाव देखिन थालेको छ । नेपालमा मनसुन भित्र्याउने पूर्वी वायु हो ।
मनसुन सक्रिय हुनका लागि कम्तिमा वायुमण्डलको तल्लो तहको तल्लो सतहमा पश्चिमी वायुको प्रभाव रहनु हुँदैन । अर्थात त्यसलाई पूर्वी वायुले विस्थापित गर्नु पर्छ ।
बुधबार बेलुका या बिहीबारसम्ममा पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए । आफूहरुले अनुगमन गरिरहेको र केही मनसुनी गतिविधि देखिएको उनले बताए ।
पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै मध्य तिर सर्ने छ । पश्चिमसम्म पुग्नका लागि भने समय लाग्नेछ, किनकी सो क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव कम भएको छैन । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष ९ दिन ढिला भइसकेको छ ।
यसैबिच, आगामी ३ दिन लामो भारी वर्षाको संभावना कतै नदेखिएकोले ठुला-मझौला नदीहरुमा बाढीको संभावना नरहेको बताइएको छ ।
आज प्रदेश गण्डकी,३ र १ को पहाडी भुभाग तथा भोली र पर्सी खासगरी प्रदेश १ को पहाडी चुरे भुभागबाट बहने स साना खोलामा क्षणीक ठुलो वर्षासंगै आकस्मिक बहाब हुने भएकाले नदी आसपासका क्षेत्रका वासीन्दालाई सर्तक रहन विभागले आग्रह गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार