अब ट्याक्सी न्यूनतम १२ सय सीसीको हुनैपर्ने
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार १६:२७:५
काठमाडौँ । यात्रुले महँगो रकम तिरेर चढ्ने सवारीसाधन पनि सुविधायुक्त नभएपछि सरकारले अब ट्याक्सीमा नयाँ मापदण्ड कायम गर्न लागेको छ ।
नेपालको ट्याक्सी सेवाबारे धेरै जनगुनासो सुनिन्छन् । अलिकति धेरै सामान लिएर यात्रा गर्न सास्ती छ, किनभने ट्याक्सीको ‘बुट स्पेश’ निकै थोरै हुन्छ । ट्याक्सी चालकले ठग्नेदेखि ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरा भएको विषयमा पनि यात्रुको असन्तुष्टि हुन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्ता परम्परागत खालका ट्याक्सीलाई क्रमैसँग विस्थापन गर्ने योजनाका साथ ट्याक्सीमा न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउन दिनेगरी मापदण्ड प्रस्ताव गरेको छ । यो मापदण्ड मन्त्रिपरिषदमा पुगेको लामो समय भए पनि पारित भने हुन सकेको छैन ।
सरकारले यही समयमा पुरानो नम्बरका ट्याक्सीमा नयाँ ८ सय सीसीका ट्याक्सी दर्ता रोकेको छ । यो निर्णय उचित नभएको भन्दै ट्याक्सी व्यवसायी सर्वोच्च अदालत पुगेका छन् ।
नयाँ मापदण्डमा सरकारले ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरेर दर्ता गर्ने प्रस्ताव गरेको छ । नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारमा वर्गीकरण गरेरै ट्याक्सीका फरक–फरक मापदण्डहरु तोक्न प्रस्ताव गरिएको छ । यी फरक–फरक क्षमता र विशेषताका ट्याक्सीका लागि फरक–फरक भाडादर कायम गर्न पनि मापदण्डमा व्यवस्था गरिएको छ ।
यसै समयमा मन्त्रिपरिषद कार्यालयले विद्युतीय ट्याक्सीका विषयमा चासो देखाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । तर, पर्याप्त पूर्वाधारविना नै विद्युतीय ट्याक्सीमा गइहाल्नु उपयुक्त नहुने निष्कर्षमा सरकार पुगेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार