काल आएको पुतली जस्तो हालत छ ओली सरकारको
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार २२:२१:२१
हिन्दीमा एउटा कहावत छ –” जब गिदड की मौत आती हैं तो ओ शहर की तरफ भाग दौड्ती हैं ।” यसैसँग मिल्दो नेपाली उखान पनि छ –” पुतलीलाई काल आयो भने टुकीतिर जान्छ ।” त्यस्तै हालत भएको छ अहिले दुईतिहाई समर्थन प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको ।
सत्ता उन्माद चढेको बेला उनी सर्वसत्तावाद लाद्न लालयित छन् । यसै सिलसिलामा उनले भर्खरै गुठी सम्वन्धी विधेयक संसद्मा दर्ता गराए । तर परिवेश उल्टो भईदियो । उनले कल्पना नै नगरेको विरोध आईलाग्यो । सर्वसत्तावाद र अधिनायवाद लाद्न उनी अग्रसर भएको बुझाई आम जनमानसको रह्यो । त्यसले उनको बालुवाटारको जग नै हल्लाई दिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै उनले गुठी सम्वन्धी विधेयकले सामन्तवादको अन्त्य गर्न खोजेकोमा मूर्तिचोरको घुसपैठले अराजक स्थिति आउने देखियो । त्यसैले हाललाई विधेयक फिर्ता लिने निर्णय गरिएको छ । उनी चाहन्छन् ,अहिलेको आक्रोश अलि साम्य होस् फेरि विधेयक दर्ता गरौंला । तर परिस्थिति अब उनको नियन्त्रणमा छैन र रहने अवस्था पनि रहेन । आज माईतीघर मण्डेलाको शक्ति प्रदर्शनले ओलीको सत्ताको खाँबो धर्मराएको छ । आफ्नो कमजोरी लुकाउन उनी आन्दोलनमा घुुसपैठ भएको कुतर्क गर्दैछन् ।
यसअघि आमसञ्चार, मानव अधिकार, मिडिया काउन्सिल,सूचना प्रविधि जस्ता विवादास्पद विधेयकले कम्पन ल्याएको थियो उनको सिंहासनमा । गुठी विधेयकले त उनको सिंहदरबारको आसन डग्मगाई दिएको छ । अधिनायकवादको भोगले उनलाई मत्याएकाले गुठी विधेयक ल्याउन हौसाएको थियो । यो विधेयक पारित गराउन सक्दा उनलाई दोहरो फाइदा हुने थियो । एउटा नेपालमा इशाईकरणको वातावरण तयार हुन्थ्यो । अर्काे पश्चिमाको समर्थनमा सर्वसत्तावाद र अधिनायकवाद लाद्न पाइने ।
तर काठमाडौं उपत्यकाका नेवार समुदायको भावनासँग खेलवाड गर्नु भनेको अरिंगालको गोला चलाएजस्तो हो भनेर ओलीले बुझेनन् । नेवार समुदायको ज्वाईं भएकाले आफ्नो विरोध कसले पो गर्ला र भन्ने उनको सोच थियो । तर उल्टो भयो । विरोधमा सम्पूर्ण समुदाय सडकमा ओर्लिएपछि उनको सातोपुत्लो गएको छ । गुठी विधेयकले हिन्दू धर्म , संस्कार र परम्पराको साथै नेवार समुदायको भावनामा चोट पु¥याएको ठहर उपत्यकावासीको रह्यो । यद्यपि उनी युरोप यात्राबाट फर्के लगत्तै लल्याकलुलुक भइसकेका थिए । सत्ता नै गुम्ने पो हो की भन्ने भयले हिजो विधेयकमा परिमार्जन गर्ने भनी फिर्ता लिन लगाए । तर यसले आन्दोनकारीलाई आश्वस्त पार्न सकेको छैन । आन्दोलन जारी छ । आज विहिबार राजधानीको माइतीघर मण्डेलामा उर्लिएको मानव सागरले सत्ता नै धर्मराएको छ । आन्दोलनकारीले विधेयक फिर्ता लिएर पुग्दैन, खारेज नै गर्नुपर्ने माग अघि सारेका छन् ।
र याे पनि .….भूमाफिया र ईसाई मिशनरीको जालोमा गुठी विधेयक
कम्युनिष्ट सर्वसत्तावाद लाद्न अग्रसर ओली हिजो विक्षिप्त थिए । संसद्मा नेपाली कांग्रेसले अवरोध गरेपछि पत्रकार सम्मेलनमार्फत आफ्नो कुण्ठा पोखे ओलीले । उनी भन्दै थिए– अहिले मुलुक गम्भिर परिस्थितिमा छ । दुईतिहाई समर्थन प्राप्त भन्दै नाकको पोरा फुलाएर हुँकार गर्ने ओली हिजो भिजेको बिरालो जस्ता देखिन्थे । सर्वसत्तावाद लाद्न खोज्दा राजधानीबासी सडकमा ओर्लिएपछि उनको पारा छुटेको थियो । भन्दै थिए –अहिलेको अवस्थामा लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्छ । उनको आरोप छ गुठी आन्दोलनमा हिजोका मूर्तिचोरको घुसपैठ छ ।
गुठी आन्दोलनमा घोर दक्षिणपन्थीको प्रवेश भएको देख्ने उनी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति अझै असहिष्णु देखिए । गुठी आन्दोलनमा सहभागी सबैलाई उनी प्रतिगामी देख्छन् । नेपाली कांग्रेस र गुठी पक्षधर नेवार समुदायलाई उनले घोर दक्षिणपन्थीको दर्जा दिएका छन् । देश उग्र दक्षिणपन्थी धारतिर नजाओस् भन्नाका लागि अहिलेलाई विधेयक फिर्ता लिएको उनको भनाई रहेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै उनले गुठी सम्वन्धी विधेयकले सामन्तवादको अन्त्य गर्न खोजेकोमा मूर्तिचोरको घुसपैठले अराजक स्थिति आउने देखियो । त्यसैले हाललाई विधेयक फिर्ता लिने निर्णय गरिएको छ । उनी चाहन्छन् ,अहिलेको आक्रोश अलि साम्य होस् फेरि विधेयक दर्ता गरौंला । तर परिस्थिति अब उनको नियन्त्रणमा छैन र रहने अवस्था पनि रहेन । आज माईतीघर मण्डेलाको शक्ति प्रदर्शनले ओलीको सत्ताको खाँबो धर्मराएको छ । आफ्नो कमजोरी लुकाउन उनी आन्दोलनमा घुुसपैठ भएको कुतर्क गर्दैछन् । हिजो मुलुकी संहिता, सूचना प्रविधि,आमसञ्चार र मिडिया काउन्सिल विधेयकप्रति असहमति जनाउँदै हजारौंको संख्यामा पत्रकारलगायत अधिकारकर्मी सडकमा ओर्लंदा भने उनको कानले सुनेन , आँखाले देखेन । तर नेवार समुदायका गुठियार सडकमा ओर्लेपछि भने झाँक्री बोलाएरै ल्याउने गरी ओलीको सातो गएको छ ।
त्यसबेला संसद्मा तीन सिट रहेको नेपाल कम्युनिष्ट पार्टीलाई सत्तामा नलगेकाले नै महेन्द्रले ‘कू’ गरेको उनको ठम्याई थियो । बहुमत भएपनि दुईतिहाईको दम्भ देखाउन उनले उपेन्द्र यादवलाई सत्तामा लगेका छन् । त्यसले राज्यका सबै अंगलाई नियन्त्रित गर्न सकिन्छ भन्ने उनको बुझाई रहेको छ । आफ्नो अभिष्ट पूरा गर्न अड्चन आउने देखेपछि उनी सबै दोष नेपाली कांग्रेस र हिन्दू धर्मप्रति आस्थावान समुदायमा थोपर्न चाहन्छन् ।
ओली सरकार चाहन्छ यो देशमा इशाईकरण होस् । हिन्दू धर्मको बोलबाला रह्यो भने अब कम्युनिष्ट सत्तामा फर्कन सहज छैन । किनभने यसपटक दुईतिहाई समर्थन पाएपनि केही लछारपाटो लगाउन नसक्दा धेरैको चित्त कुढिएको छ । यथास्थितिमा सत्तामा आउन गाह्रो देखेरै ओली होलीवाइनको अगुवाई गर्न सहमत भएका हुन् । लोकतन्त्र जोगाउनका लागि हामी एकजुट हुनुपर्छ भन्ने ओलीप्रति अब कसैको विश्वास रहेन । गुठी आन्दोलनमा घोर दक्षिणपन्थीको प्रवेश भएको देख्ने उनी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति अझै असहिष्णु देखिए । गुठी आन्दोलनमा सहभागी सबैलाई उनी प्रतिगामी देख्छन् । नेपाली कांग्रेस र गुठी पक्षधर नेवार समुदायलाई उनले घोर दक्षिणपन्थीको दर्जा दिएका छन् । देश उग्र दक्षिणपन्थी धारतिर नजाओस् भन्नाका लागि अहिलेलाई विधेयक फिर्ता लिएको उनको भनाई रहेको छ ।
र याे पनि पढ्नुहाेस्….…गुठीमा कम्युनिस्ट पार्टी नै छिर्न खोजेपछि….!
पत्रकार सम्मेलनका क्रममा ओलीले संसद्को रोष्ट्रममा पुगेरपनि केही नबोली फर्कनुपरेको आक्रोश नेपाली कांग्रेसप्रति पोख्दै थिए । उनको भनाई थियो – ०१५ सालमा कांग्रेसले दुईतिहाई ल्याउँदा पनि परिवर्तनकारी शक्तिलाई साथ लिएन । त्यसैले ०१७ सालमा राजा महेन्द्रले ‘कू ‘ गरेका हुन् । त्यसबेला संसद्मा तीन सिट रहेको नेपाल कम्युनिष्ट पार्टीलाई सत्तामा नलगेकाले नै महेन्द्रले ‘कू’ गरेको उनको ठम्याई थियो । बहुमत भएपनि दुईतिहाईको दम्भ देखाउन उनले उपेन्द्र यादवलाई सत्तामा लगेका छन् । त्यसले राज्यका सबै अंगलाई नियन्त्रित गर्न सकिन्छ भन्ने उनको बुझाई रहेको छ । आफ्नो अभिष्ट पूरा गर्न अड्चन आउने देखेपछि उनी सबै दोष नेपाली कांग्रेस र हिन्दू धर्मप्रति आस्थावान समुदायमा थोपर्न चाहन्छन् ।
र याे पनि.…...गुठी विधेयक : माइतीघरमा प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी [हेर्नुस भिडियोसहित]
प्रधानमन्त्री ओलीले गुठी विधेयक ल्याउनुका पछाडि दुइवटा मुख्य कारण रहेको छ । पहिलो भनेको हिन्दू धर्मलाई कमजोर बनाएर इशाईकरणलाई बढावा गर्ने । अर्काे चाहिं इशाईकरण गर्न सहज गरिदिएवापत ओलीको सर्वसत्तावाद र अधिनायकवादप्रति पश्चिमाले आँखा चिम्लिदिने । तर उनको मनसुवा राजधानीकै नेवार समुदायको विरोधले पूरा हुने देखिएन । त्यसपछि उनी मुर्मुरिएका छन् । दूध चोर बिरालो जस्तै मौका कुरेर बसेको ओली सरकारले कुनैपनि बेला धर्म परम्परा र संस्कारमाथि धावा वोल्न सक्छ । होशियार !
र याे पनि पढ्नुहाेस्.…..गुठी विधेयकविरुद्ध सरकारलाई खवरदारी गराउन माइतीघरमा विशाल सभा [फोटोफिचर]
……..ओलीको युरोप यात्रा, इशाईकरणको श्रुंखला !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार