विश्वभर सन् २०१८ मा सात करोड मानिस विस्थापित : राष्ट्रसंघ
इन्द्र रिजाल
असार ४, २०७६ बिहिबार १:५७:६
एजेन्सी । संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ‘युएनएचसिआर’ को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।
अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको संख्या विश्वभर करिब ६ करोड ८५ लाख रहेको थियो । युएनएचसिआरका अनुसार इथियोपियामा अन्तर–जातीय द्वन्द्वका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित हुन बाध्य भएका छन् ।
भेनेजुएलाको आर्थिक संकटका कारण ठूलो संख्यामा मानिसहरु अन्यत्र शरण लिन बाध्य भएका छन् । यहाँ खाद्यान्न र औषधिजस्ता अत्यन्त जरुरी सामाग्रीको समेत अभाव छ । सन् २०१६ यता भेनेजुएलाबाट करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ भागेको राष्ट्रसंघको अनुमान छ ।
युएनएचसिआरका प्रमुख फिलिप्पो ग्रान्डीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको जानकारी दिए । उनले करिब पाँच लाख भेनेजुएलाका नागरिकको नाम मात्र संकलन गरिएको बताए । समग्रमा, विगत २० वर्षको अवधिमा विस्थापित मानिसको संख्या दोब्बर भएको छ र यो थाइल्यान्डको जनसंख्याभन्दा बढी हो ।
ग्रान्डीका अनुसार यो गलत प्रवृत्ति रोकिनुको साटो निरन्तर कायम रहेको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार शरणार्थी त्यस्तो व्यक्ति हो जो आफ्नो मुलुकबाट भाग्दछ र द्वन्द्व वा उत्पीडनको भयका कारण आफ्नो मुलुक फर्कन सक्दैन ।
युएनएचसिआरको प्रतिवेदनमा चार करोड १३ लाख आन्तरिक रुपमा देशभित्रै विस्थापित भएका, दुई करोड ५९ लाख शरणार्थी रहेका र ३५ लाखले आप्रवासीका लागि आवेदन दिएको उल्लेख छ । देशभित्रै ठूलो संख्यामा विस्थापित रहेका मुलुकहरुमा सिरिया र कोलम्बिया रहेका छन् । शरणार्थीमध्ये करिब ५५ लाख प्यालेस्टिनीहरु लेबनान र जोर्डन समेतका धेरै देशमा छरिएर रहेका छन् ।
ग्रान्डीले शरणार्थी स्वदेश फर्कने वातावरण तयार भएपछि मात्र स्वदेश फर्काइने गरेको बताउँदै तर २० प्रतिशतभन्दा बढी निर्वासित व्यक्तिहरु दुई दशकभन्दा बढी समयदेखि शरणार्थीकै रुपमा रहन बाध्य भएको जानकारी दिनुभयो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार