लिटिल एन्जेल्समा समुदाय–प्रहरी कार्यक्रम सम्पन्न
इन्द्र रिजाल
असार ५, २०७६ शुक्रबार २:३४:१९
ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लिटिल एन्जेल्स स्कुल ललितपुरमा अध्यनरत विद्यार्थीहरूलाई प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरको सहकार्य तथा समुदाय प्रहरी साझेदारी विद्यालय समिति, लिटिल एन्जेल्स स्कुलको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले लागूऔषध, साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको बारेमा जानकारी दिए । सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरे ।
कार्यक्रममा लिटिल एन्जेल्स स्कुल एजुकेशन ग्रुपका वित्त निर्देशक राजेश श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत संचालन भएका विभिन्न कार्यक्रम तथा गतिविधिहरु अत्यन्तै फलदायी भएको चर्चा गरे । सो अवसरमा उक्त स्कुलका प्रिन्सिपल मुकुन्द राज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी-विद्यालय समन्वय समितिका पदाधिकारीहरु, विद्यार्थी, अभिभावक लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार