जहाँ एउटै गाउँले गर्छ ४२ टन मह उत्पादन
इन्द्र रिजाल
असार ९, २०७६ सोमबार १७:५०:१५
चितवन । राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।
थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले त्यहाँको मह उठाउने गर्दछन् ।
मौरी पालेसँगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिएका छन् । उनका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा रु दुईदेखि तीन लाख आम्दानी गर्ने गरेका छन् । कृषकलाई मौरी पाल्न विभिन्न संस्थाले सहयोगसमेत गर्दै आएका छन् । कृषकले यस वर्ष रु २५० प्रति किलोमा मह बिक्री गरेको जनाएका छन् ।
हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डाबर नेपालको सहयोगमा गाउँमा मह सङ्कलन केन्द्रसमेत स्थापना गरिएको छ । केन्द्र भवन निर्माण गर्न मौरी जोनले रु १० लाख, हरियो वन कार्यक्रमले रु १० लाख १२ हजार र डाबर नेपालले रु दुई लाख ४० हजार सहयोग गरेका छन् ।
किसानको मह सङ्कलन गरेर सोही ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी दिए । विसं २०६० पछि स्थानीयवासीले त्यहाँ मौरी पाल्न शुरु गरेका हुन् । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले स्थानीय मौरीपालनमा लागेपछि जीवनस्तरमा सुधार आएको जानकारी दिए । यसले ग्रामीण क्षेत्रबाट शहर पस्नेहरुलाई रोकेको उनको भनाइ छ ।
मौरीबाट आम्दानी गर्न थालेपछि स्थानीय तरकारी र पशुपालनतर्फ पनि केन्द्रीत हुन थालेका छन् । मौरीपालक सङ्घ चितवनका अध्यक्ष रोशन पण्डितले जिल्लामा एक वर्षमा पाँच सयदेखि छ सय टनसम्म मह उत्पादन हुने बताए । ग्रामीण बस्ती थाकलटार मौरीको पकेट क्षेत्र रहेको भन्दै उनले चिउरीको महका लागि सो क्षेत्र प्रख्यात रहेको जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार