तीन हप्तापछि तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा
इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार ३:५२:४८
पर्वत । निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन हप्तापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयकोे पहल तथा सांसद पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनबीच सहमति भएपछि परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनाको काम सञ्चालन गरिएको हो ।
प्रशासनमा भएको वार्ताका क्रममा आयोजनाको शुरुवातदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिस्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ । आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई रु एक लाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिए ।
आयोजनाले २३ जनाको दरबन्दीमा दरखास्त आह्वान गर्दा कार्यरत ४० वर्षभित्रका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने र प्रतिस्पर्धामा नाम ननिस्केमा प्रोत्साहन रकम पाउने व्यवस्था गर्ने सहमति भएको छ । “लामो प्रयासपछि दुवै पक्षको सहमतिमा आन्दोलन टुङ्गिएको छ”, प्रजिअ नेपालले भन्नुभयो “अब निर्माण कार्य सुचारु हुन्छ ।”
निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने र उपदान दिनुपर्नेलगायतका माग राखेर तालाबन्दी गरेपछि गत जेठ २० गतेदेखि निर्माण कार्य ठप्प बनेको थियो । निर्माण कार्य रोकिएपछि असार पहिलो साता परीक्षण उत्पादन गर्ने तयारीमा रहेको जलविद्युत् आयोजनाको उत्पादन मिति पर धकेलिएको छ ।
निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको सबै काम दुई हप्ताभित्र सम्पन्न गरेर परीक्षण उत्पादन थालिने जनाएको छ । टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ ।
कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातिचौरसम्म खनिएको चार हजार दुई सय मिटर लामो टनेलको बीचमा कमजोर भूभाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
माथिल्लो अरुण र दुधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ प्रयोग गरिने
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार