अब पनिकाको सबै काम अनलाइनमार्फत हुने
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार २३:१६:११
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ । पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी फाराम भर्ने, लब्धाङ्कपत्र नतिजा, सिम्बोल नम्बर र परीक्षा केन्द्रजस्ता सबै काम अनलाइनमार्फत गर्न थालेको पनिकाका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिएका छन् ।
पनिकाले www.tuexam.edu.np वेबसाइटमार्फत सबै काम गर्न थालेको छ । यस वर्षदेखि पनिकाको वेबसाइटबाट नै सिम्बोल नम्बर र परीक्षा केन्द्र हेर्न सकिनेछ । परीक्षार्थीले आफ्नो त्रिवि रजिष्ट्रेशन नम्बर वेबसाइट रहेको सफ्टवेयरमा राखेपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र थाहा पाउने उनले जानकारी दिए ।
पनिकाले पहिलो पटक वेबसाइटमार्फत यही बुधबारदेखि हुने प्राइभेटतर्फको स्नातकोत्तर तहको राजनीतिकशास्त्र र जनप्रशासन तथा स्नातक तहको परीक्षाका लागि पनिकाले वेबसाइटमार्फत सिम्बोल नम्बर र परीक्षाकेन्द्र हेर्ने व्यवस्था गरेको हो । “यस वर्षदेखि हामी पनिकालाई सूचनामैत्री बनाउन थालेका छौँ”, उनले भने, “विद्यार्थीको सहजता र प्रविधिअनुसार पनिकालाई लैजान सबै कार्य अनलाइनमार्फत गर्न थालेका हाँै ।”
उनका अनुसार पनिकाले यसै वर्षदेखि सबै सङ्काय र तहको परीक्षा नतिजा र पाँच क्याम्पसको प्रथम वर्षको परीक्षा फारामसमेत अनलाइनमार्फत भर्न थालेको छ । पनिकाले पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ, पृथ्वीनारायण वहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, कैलाली बहुमुखी क्याम्पस धनगढी र महेन्द्र वहुमुखी क्याम्पस इलाममा पहिलो पटक अनलाइनमार्फत फाराम भर्न थालिएको उनहाँले जानकारी दिए ।
यस्तै पनिकाले लब्धाङ्कपत्र पनि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । सह–नियन्त्रक अधिकारीले सम्बन्धित क्याम्पसलाई वेबसाइटको पासपोर्ट उपलब्ध गराएर क्याम्पसले आफै नै प्रिन्ट गर्न सक्ने गरी विद्यार्थीलाई लब्धाङ्क पत्र उपलब्ध गराउन थालिएको जानकारी गराए । उनका अनुसार आगामी प्रथम वर्षको नतिजाको लब्धाङ्कपत्र क्याम्पसलाई नै उपलब्ध गराउने गरी काम भइरहेको छ ।
यसैगरी पनिकामा प्रवेश पत्र लिनेको भीड छ । बुधबारदेखि स्नातकोत्तर तह र स्नातक तहको प्राइभेटतर्फको प्रथम वर्षको परीक्षाका लागि विद्यार्थीको प्रवेशपत्र लिन भीड छ । यस वर्ष प्राइभेटतर्फ अन्तिम परीक्षा भनेर धेरै विद्यार्थीले फाराम भरेपछि प्रवेश परीक्षा लिनेको भीड भएको हो । यसवर्ष करीब २० हजार विद्यार्थीले फाराम भरेका थिए । त्रिविले सूचना प्रकाशन गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भरेका थिए । पनिकाले विभिन्न ठाउँमा सिम्बोल नम्बरको आधारमा प्रवेश पत्र दिएको छ
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा बैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार